Loading...
कटहरियामा राजपाको नगर र देवाही गोनाहीमा २५ सदस्यीय वडा कमिटि गठन

ओम प्रकाश यादव कार्तिक २५ गते । रौतहट । रौतहटको कटहरिया नगरपालिकामा आज राजपाको नगर कमिटि गठन भएको छ । कटहरिया बजारमा आज भएको भेलाले ७३ सदसिय कटहरिया नगर कमिटि गठन गरेको हो । कटहरिया नगरपालिकाको लागि गठन गरिएको नगर कमिटिको अध्यक्षमा दुर्गा साह रौनियारलाई चएन गरिएको छ भने बरिष्ठ उपाध्यक्षमा शिवधारी साह कलवारलाई चएन गरिएको छ । त्यस्तै समितिको उपाध्यक्षहरुमा राजेश्वर चौरसिया, विजय प्रसाद साह रौनियार, ओपेन बैठा, सचिवमा सरोज कुमार जयसवाल, प्रचार प्रसार सचिवमा सचेत कुमार यादव, सह सचिवमा नन्दलाल सहनी, कोषाध्यक्षमा लक्ष्मीनीया देवी पास्वानलाई चएन गरिएको छ । सदस्यहरुमा रामाकान्त चौरसिया, राम प्रवेस दास, ओम प्रकाश जयसवाल लगाएतलाई चएन गरिएको छ । अर्को पार्टी परित्याग गरी राजपामा प्रवेस गरेका शान्ति आयल स्टोर्स कटहरियाका संचालक एवं कटहरिया गाविसका पुर्व अध्यक्ष देवधारी साहका भाई शिवधारी साह कलवारलाई फुलमालाले स्वागत गरी बरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिईएको राजपा अध्यक्ष मण्डल रौतहटका पुर्व जिल्ला ईन्चार्ज र अध्यक्ष मण्डलका जिल्ला सदस्य राम प्रवेस दासले जानकारी दिनुभयो । त्यस्तै राजपाकै देवाही गोनाही नगरपालिका वडा नं ५ मा आजै २५ सदसीय वडा कमिटि गठन गरिएको छ । नवगठीत कमिटिको अध्यक्षमा जयप्रकाश जयसवाल, उपाध्यक्षमा राजेन्द्र यादव, ब्रहमदेव ठाकुर, सचिवमा धर्मेन्द्र कुमार साह, प्रचार प्रसार सचिवमा संजीव यादव, कोषाध्यषमा लालवती देवी दास लगाएतलाई चएन गरिएको छ । राजपाका केन्द्रिय सदस्य खेन्हा राय यादव, जिल्ला सदस्य राम प्रवेस दास, लिला साह, ओम प्रकाश जयसवाल लगाएतको रोहवरमा समिति चएन गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *