Loading...
सयौको उपस्थितिमा रातु तथा तसरी नदिमा अध्यक्ष भण्डारी र मन्त्री सोनलद्वारा पुल शिलान्यास

कार्तिक,२५ भङ्गहा नगरपालिका
भंगहा नगरपालिका वार्ड न. ६ पर्सा र गोरहन्ना जोडने रातु नदि तथा कौरणाको तसरी नदिमा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष एवं  प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारी एवं प्रदेश न.२ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलद्वारा सन्युक्त रुपमा पुल शिलान्यास गरिएको छ l
उक्त शिलान्यास कार्यक्रममा बरिस्ठ अतिथी राजपा नेपालको उपाध्यक्ष प्रदेश न.२ का महिला बालबिकास समितिका सभापति जयनुल राइन, जानकी शरण साह, राजपा केन्द्रिय सदस्य अशोक पाण्डे अतिथिहरु भङ्गहा नगरपालिकाको नगर प्रमुख संजीव कुमार साह, वार्ड न. ६ का अध्यक्ष चौठी महतो, वार्डन.७ का अध्यक्ष बिसुनदेव , राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय सचिव अशोक कुमार यादव,बलवा नगरपालिकाको नगर संयोजक रामबिजय महतो, नेता कौशल झा, युवा नेता रामेश्वर मण्डल तथा भङहा नगरपालिकाको राजपा नेपालका नेताकार्यकर्ता एवं स्थानीय बासीहरुको बृहत उपस्थिति शिलान्यास कार्यक्रम समपन्न भयो !

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *