Loading...
खुंखार आलम: बयान फेर्न भारतमा ४ दिनसम्म बाँधेर सादा कागज राखी यसरी दिए दबाब कि डरले……

ओम प्रकाश यादव, रौतहट । राजपुर बम काण्ड मुद्दाका आरोपी रौतहट क्षेत्र नं २ का नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमको पक्षमा आज दोश्रो दिन पनि बहस भएको छ । सांसद आलमको पक्षमा हिजैदेखी जिल्ला अदालत रौतहटमा बहस भइरहेको छ । सोमबारबाट प्रतिवादी आलमका वकिलहरुले बहस सुरू गरेका छन् । आलमको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेर बहादुर केसी लगायत ३४ जनाभन्दा बढी कानुन व्यावसायी बहस गर्ने जनाईएको छ । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा मुद्दा चलिरहेको छ । आलम पक्षका वकीलहरुले आलमको पक्षमा वकालत गर्दै उनको बचाउ गरेका छन । आलम विरुद्ध कुनै ठोस प्रमाण नरहेको र आलम निर्दोश रहेको आलम पक्षका वकीलहरुको तर्क रहेको छ । यसैविच पिडितहरु ब्यान फेर्न थालेपछि घटना अर्को मोड लिएको छ । अहिलेसम्म बम विस्फोटमा परेर घाईते भएका भारत घर भएका गौरीशंकर चमार सहित दुई जनाले आफना बयान फिर्ता लिएका छन । दुई दिन अघि आलम पक्षका मान्छेले १० कठा खेत दिने प्रलोभन दिएर एक जनालाई बयान फेर्न लगाएको घटना सेलाउन नपाउँदै फेरी एक जना पिडितले आलमका मान्छे अपहरण गरेर आफुलाई बयान फेर्न बाध्य बनाएको खुल्लासा गरेका छन । २०६४ साल चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घाईते एवं प्रत्यक्षदर्शी भारत घर भएका गौरी शंकर राम चमारले सांसद मोहम्मद अफताव आलमका व्यक्तिको दवावका कारण आफुले बयान फेर्न बाध्य भएको खुल्लासा गरेका छन । आलमका केहि मान्छेले आफुलाई बयान नफेरे ठिक नहुने धम्की दिएर बयान फेर्न लगाएको चमारले बताएका छन् । ब्यान फेर्न आलमका व्यक्तिहरुले आफूलाई अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएको गौरीशंकरले बताएका छन् । त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् । राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारलाई सीतामढीबाटै अपहरण गरिएको खुलासा भएको छ । गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण उल्लेख छ । आलमपक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै जिउ ज्यानको सुरक्षा गरिदिन पनि आग्रह गरेका थिए । चमारले सुरक्षाको माग गरेलगत्तै रौतहट प्रहरीले उनलाई सुरक्षा दिएर राखेको छ । २०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा कांग्रेस नेता मोहमद अफताव आलम पक्राउ परेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *