Loading...
चन्दन कुमारले प्रहरी चौकीमा बम प्रहार गर्दा एक प्रहरी घाईते, स्थानीयले लियो नियन्त्रणमा

ओम प्रकाश यादव, रौतहट । भारतीय सिमानासँग जोडिएको रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा आज बम प्रहार भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए । भारतीय नम्बर प्लेटको मोटरसाइलमा चढेर आएका उनीहरुले प्रहरी कार्यालयमै बम प्रहार गर्दा कार्यलयमा रहेका एकजना प्रहरी जवान घाइते भएका छन् । उनको नाम खुल्न सकेको छैन । बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा स्थानीय बासिन्दाले उनीहरुलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका उनीहरुहरु प्रहरीको जिम्मा लगाइएको छ । पक्राउ पर्ने व्यक्तिको परिचय खुल्न नसकेको र घटना बारे अनुसन्धान भइरहेको छ । पक्राउ पर्ने व्यक्ति भारतको ढाका घर भएका चन्दन कुमार रहेका छन । बाकी एक जना फरार रहेको र उनको खोजी कार्य भइरहेको रौतहट प्रहरीले जनाएको छ । त्यस्तै बम प्रहारबाट घाईते भएका प्रहरी जवान रञ्जित यादव रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *