
ओम प्रकाश यादव कार्तिक २६ गते । रौतहट । सरकारले स्थानीय तहहरुमा रिक्त रहेका पदहरुको लागि अगामी मंगसीर १४ गते उप निर्वाचन गर्दैछन । मंगसीर १४ गते रौतहटको गढिमाई नगरपालिका वडा नं २ मा वडा अध्यक्ष पदको लागि हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि भोली उम्मेदवार मनोनयन दर्ता हुँने कार्यक्रम रहेको छ । समाजवादी पार्टी नेपाल रौतहटले उप निर्वाचनको लागि गढिमाई नगरपालिका २ को लागि भोली बुधवार उम्मेदवारी मनोनयन दर्ता गराउन लागेको हो । समाजवादी पार्टीले भोली समनपुरको वडा अध्यक्ष पदको लागि आफना पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउन गइरहेको समाजवादीका नेता राजकुमार दासले जानकारी दिनुभयो । मनोनयन दर्ता कार्यक्रममा भोली उत्साहजनक तरिकाले सहभागिता जनाउनको लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई समाजवादी पार्टीले आहवान गरेको छ । भोली हुन गइरहेको उम्मेदवारी दर्ता कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एवं प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश सांसद राम किशोर भनिने किशोरी यादव, प्रदेश नं २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख अब्बुल कलाम अजाद उर्फ फुलबाबु सहित पार्टीको जिल्ला ईन्चार्ज देखी लिएर जिल्ला कमिटिका सदस्य एवं सम्पूर्ण कार्यकर्तालाई ठुलो संख्यामा उपस्थित हुनको लागि समाजवादी पार्टीका युवा नेता राज कुमार दास तत्माले आग्रह गरेका छन । समाजवादी पार्टीको चुनाव चिन्ह हातको औला अंकित पंजा छाप रहेको छ त्यसैले चुनाव चिन्ह पंजा छापवाला झण्डा र ब्यानर लिएर कार्यक्रममा आउन समाजवादी पार्टीले आफना नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
Facebook Comments