Loading...
यस्तो छ बङ्गलादेशी राष्ट्रपतिको आजको व्यस्त “सेड्युल”, र छलफलका एजेण्डा (बुँदा सहित)

काठमाडौँ । चार दिवसीय नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति महोमद अब्दुल हमिदको आज व्यस्त ‘सेड्युल’ रहेको छ । आज नेपाल र बङ्गलादेशबीचमा उच्चस्तरीय भेटवार्ता हुनुका साथै दुई देशका विविध विषयमा विचार विमर्श हुनेछन् । यस्तो छ आजको कार्यक्रम

१) बिहान १०ः५० बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय

२) बिहान ११ः१० बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र बङ्गलादेशका राष्ट्रपति महोमद अब्दुल हमिद बीच भेटवार्ता

३) २ः०० बजे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता

४) २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका राष्ट्रपति महोमद अब्दुल हमिद बीच भेटवार्ता

५) राष्ट्रपति हमिदसँग अपराह्न ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन बीच भेटवार्ता
६) राष्ट्रपति कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि ५ः०० बजेसम्म राष्ट्रपति भण्डारी र बंलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता
७) राष्ट्रपति भण्डारीले आफ्नो स्वागतमा याक एण्ड यती होटलमा साँझ ८ः १५ बजे आयोजना गरेको रात्रिभोजमा सहभागी

यस्तो छ एजेण्डा

आज दुईदेशीय सम्पर्क सञ्जाल, व्यापार र पर्यटनका प्रमुख विषयमा समझदारी हुने बुझिएको छ । परराष्ट्र मन्त्रालयका दक्षिण एसिया मामला हेर्ने एक अधिकारीका अनुसासार सडक सम्पर्क सञ्जालको भुटान, बङ्गलादेश, इन्डिया र नेपाल (बीबीआईएन) संयन्त्रबाट भुटान बाहिरिएपछि अब त्रिदेशीय ‘बीआईएन’ सडक सम्पर्क सञ्जाललाई अघि बढाउने विषयमा छलफल हुँदैछ ।

हवाई सम्पर्क विस्तारका लागि विराटनगर वा भद्रपुरबाट बङ्गलादेशको सैदपुर विमानस्थलमा क्षेत्रीय प्रकारको उडान सम्पर्क सुरु गर्नका लागि पहल हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *