Loading...
बलियो पकडका कारण समनपुर वडा अध्यक्षमा जित सुनिश्चित रहेको समाजवादी पार्टीको दावी

ओम प्रकाश यादव कार्तिक २७ गते । रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं २ का वडा अध्यक्ष पदको समाजवादी पार्टीका उम्मेदवार दिनेश दासले आफनो जित सुनिश्चित रहेको दावी गरेका छन । स्थानीयतहहरुमा रिक्त रहेका पदहरुको लागि अगामी मंशिर १४ गते उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि आज समाजवादीको तर्फबाट आफना उम्मेदवारी दर्ता गराउँदै दासले यस्तो दावी गरेका हुन । समनपुरको वडा अध्यक्षमा आफु जसरी पनि जितेरै छाडने दासले बताए । समनपुर गाउँमा आफना पकड बलियो रहेकै कारण यसभन्दा अघिको चुनावमा पनि आफनै स्वर्गीय बुवा विजयी भएकोले यो चुनावमा पनि आफनै जित हुने उम्मेदवार दासले ठोकुवा गरेका छन । अगामी निर्वाचनमा आफना जित निश्चित रहेकोले समाजवादी पार्टीको चुनाव चिन्ह पंजा छापमा आफना अवमुल्य मत दिएर विजयी बनाउनको लागि उहाँले सबैलाई आग्रह गर्नुभयो । यसभन्दा अघिको निर्वाचनमा पनि अहिलेका उम्मेदवार दिनेश दासकै बुवा चुनाव जितेका थिए । तर गत वर्ष उनको असमायिक निधन भएपछि उक्त वडा अध्यक्षको पद रिक्त रहेको थियो । आज भएको मनोनयनपत्र दर्तामा समाजवादी पार्टीले समनपुरका मृत्क वडा अध्यक्षका छोरा दिनेशलाई नै उम्मेदवार उठाएका छन । उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी एउटै पदका लागि रौतहटमा ११ जना उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन । वडा अध्यक्षपदका लागी नेकपा बाट जबार मिया,नेपाली कांग्रेस बाट दिपेन्द्र श्रेष्ठ, समाजबादी बाट दिनेश दाश तत्मा, जनमत बाट राधेश्याम साह,राप्रपा बाट रामेश्वर दाश तत्मा र स्वतन्त्र बाट नथुनी पाश्वान, बिनय साह तेली, सकुर मिँया, हबिब राय भाँट रहेको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताएका छन । बिभिन्नदलका उमेदवार तथा स्वतन्त्र उमेदवारहरु बाजागाजा सहीत गढीमाई नगरपालिका २ समनपुर स्थित निर्वाचन कार्यालयमा मनानयन दर्ता गराएको प्रहरी निरिक्षक रिपेन्द्र शिंहले जानकारी दिएका छन । जिल्लाको १८वटा स्थानिय तह मध्ये एउटा वडाको निर्वाचन मात्र भएकाले बुधवार भएको मनोनयनदर्ताको अवसरमा प्रदेश नं २ का विकास समितिको सभापति एवं प्रदेश सांसद फुलबाबु, समाजवादीको जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, समाजवादीका युवा नेता राज कुमार दास तत्मा, जिल्ला सह सचिव सुरेन्द्र पटेल, समाजवादी युवा संघका जिल्ला अध्यक्ष कौशर खान मिथिला सहित नेकपा,कांग्रेस लगायत सबैदलका प्राय जिल्लाका नेतृत्वतहका नेताहरुको उपस्थिती रहेको नेता राज कुमार दासले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *