Loading...
समाजबादी उम्मेदवार गुरुङलाई ८७ वर्षिया मतदाताले भनिन-“कांग्रेस-नेकपा जस्तो भ्रष्ट नबन्नु

हुम तमु
पोखरा, २७ कार्तिक
समाजवादी पार्टीका उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन चुनावी अभियान तिव्रता दिएको छ। चुनावी प्रचार अभियानसँगै बुधवार पोखरा महानगरपालिका वडा नं.१६ मा उम्मेदवारसहित बृहद घरदैलो एवम मतदातासँग उम्मेदवार कार्यक्रम गरिएको छ। पोखरा १६ को तल्लोदिपबाट शुरु भएको अभियान जोगिमणी टोल, पुरानो गेट, केआइसिंहपुल, खरबारी, शान्ति दिप, सुन्दरफिडदेखि दिप हाउजिङ, दीप हाइट लगायतका क्षेत्रमा घरदैलो गरिएको हो। घरदैलो अभियानमा मतदाताहरुले इमान्दार, मुलुक बनाउने नेताको आवाश्यकता रहेको आफुहरुको अपेक्षा रहेको बताएका थिए। उनीहरुले विगतमा धेरै नेताहरुलाई मत दान गरे पनि चुनिएर जाने र जनताका निम्ती कोही कसैले चिन्ता समेत जाहेर नगरेकाले इमान्दार नेताको खाँचो भएको भन्दै यस पटक सबै भन्दा इमान्दार उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई मतदान गर्ने बताएका थिए।

यो पार्टी त्यो पार्टी होइन ईमान्दार प्रतिनीधिको आवाश्यकता छ, धर्म राज गुरुङ इमान्दारीताको प्रतीक भएको भन्दै उनीहरुले शुभकामनाका साथै विजयीको आर्शिवाद समेत दिएका थिए।
घरदैलो तथा मतदातासँग उम्मेदवार कार्यक्रममा ८७ वर्षिया लालकुमारी गुरुङले अरु नेता जस्तै भ्रष्ट र बेइमान होइन, जनताको सेवा र मुलुकको विकास गर्ने नेता बन्नुपर्ने आर्शिवाद प्रदान गर्नुभएको थियो। उहाले कांग्रेस नेकपा र अरु नेताहरु जस्तो भ्रस्ट नबन्नु समेत भन्नु भयो  l यसरी नै विष्णु प्रसाद आचार्यले मुलुकलाई इमान्दार नेताको आवाश्यकता छ भन्नुहुदै धर्मराज गुरुङमा इमान्दारीता र नैतिकता भएकाले सबैले साथ दिनुपर्ने बताउनुभयो। यस्तै गरी भिमबहादुर सुनारले हामीसँधै हेपिएका छौं, समान कानुन र विभेद अन्त्यका लागि आवाज उठाउने गुरुङलाई अत्याधिक मतले विजयी गराउन आफुहरु जुट्ने बताउनुभयो।
अभियानसँगै केआइसिंह पुल र सुन्दरफिड चोकमा कयुवाहरुको कोण सभा गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरुले निर्वाचनमा बालुवाटार बेच्ने, एलसेलसँग कमिशन खाने, वाइडबडी काण्डमा मुछिएकाहरु, निर्मला लगायतका बलात्कार काण्डलाई ढाकछोप गर्नेहरुलाई कारवाही गर्नुपर्दछ। सुशासन र समृद्धिका लागि अठोटका साथ उम्मेदवारी प्रस्तुत गरेका इमान्दार उम्मेदवार धर्मराज गुरुङलाई विजयी गराउन आव्हान गरेका थिए। कार्यक्रममा युवाहरु नेत्र चापागाई, रेशम सापकोटा, डिवी गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *