Loading...
नन्दन नेतृत्वको लोहियावादी सिङ्गै पार्टी नै समाजवादी पार्टीमा समाहित, बाबुरामदवारा स्वागत

काठमाडौं । देशको तेस्रो ठूलो पार्टी समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर नै चलेको छ । त्यसै अन्तर्गत नन्दन यादव नेतृत्वको नेपाल समाजवादी पार्टी लोहियावादी सिङ्गै पार्टी पंक्ति नै समाजवादी पार्टीमा समाहित भएको छ । डा. राम मनोहर लोहियाको समाजवादको सिद्धान्त अनुसार अघि बढिरहेको उक्त पार्टी समाजवादी पार्टीको विधान र विचारप्रति सहमत जनाउँदै समाजवादीमा समाहित भएको हो । आज समाहित भएर निकालेको सहमतिपत्रमा समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र लोहियावादीका तर्फ बाट यादवको हस्ताक्षर रहेको छ । जसमा समाजवादी पार्टी लोहियावादीका केन्द्रीय र जिल्ला तहका नेताहरुलाई सम्मानपूर्वक स्थान दिने र आपसी समझदारीमा मिलाउने कुरा समेत उल्लेख छ । लोहियावादी सिङ्गै पार्टी पंक्तिलाइ संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वागत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *