Loading...
दुई जना उपसचिवज्यूहरु आउनुभयो हानौला झैँ गरेर, कर्मचारी चैं थुक्न पछि परेन- पण्डित

२ ८ कात्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनका बेला आफूविरुद्ध कतिपय कर्मचारी व्यक्तिगत गालीगलौचमै उत्रिएको बताएका छन् । निजामती कर्मचारी विधेयकमाथि आज भएको छलफलमा मन्त्री पण्डितले कतिपय दबावहरु गलत किसिमले आउने गरेको भन्दै त्यस्तो दबावलाई थेगेरै भए पनि अघि बढ्नु आवश्यक रहेको बताउनु भयो ।

आज निजामती कर्मचारी विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समिति बैठकमा उपस्थित हुदै उहाले कर्मचारीले आफूलाई थुक्छुसम्म भनेको बताउनु भयो । उहाले भन्नु भयो -दुई जना उपसचिवज्यूहरु आउनुभएको थियो हानौला झैँ गरेर, तपाईंले खटाएको ठाउँमा खट्नुपर्छ ?

मन्त्री पण्डितले अगाडि थप्नु भयो – उहाँहरुले मलाई अन्त खटाए तपाईंलाई सबैभन्दा खराब मन्त्री भन्छु र थुक्छु भन्नुभयो ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *