Loading...
नेकपा अध्याँरो सुरुङभित्रको यात्रामा र कांग्रेस आफ्नै पापको भारीले थिचिएको छ – डा. भट्टराई

२८ कात्तिक, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब उठ्नै नसक्ने गरी पतनको दिशामा रहेको दाबी गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस लाइ उहाले आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको बताउनु भएको छ ।

पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा राजनीतिक शक्तिहरुको विश्लेषण गरिएको छ । नेपालको कम्युनिष्ट आन्दोलन नै वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको भट्टराईको विश्लेषण छ । भट्टराईले भनेका छन्, आउँदा केही बर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ ।’ संविधान जारी गर्दा कांग्रेससंग मिलेर आन्दोलनलाई दमन गरेको, संसदीय शासकीय प्रणाली कायम राखेको र १०+१ को मोडेलमा प्रदेश सीमाङ्कन हुन नदिएको भन्दै भट्टराईले नेकपा कांग्रेस जस्तै औपचारिक–प्रतिनिधिमुलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको बताएका छन् । राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने तर पछिल्लो चुनावमा निक्कै कमजोर भएको भन्दै उनले भनेका छन् उनले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको तर राप्रपाले छर्ने अनावश्यक भ्रम चिर्न निरन्तर चनाखो हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय जनता पार्टी राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल भएको र धेरै एजेण्डा मिल्ने भन्दै भट्टराईले एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । जनमुक्ति पार्टी, लिम्बुवान, थरुहटजस्ता पार्टीसँग कतिपय एजेण्डाहरु मिल्ने र प्रदेश पुनर्सीमाङ्कनको सवालमा सहकार्य हुन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘समाजवादको बृहत आयाम र अवधारणाबारे यस्ता दलहरुसंग वैचारिक सहकार्य बढाउँदै, ध्रुवीकरण र एकताको प्रयास गर्दै अगाडि बढ्नुपर्छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *