Loading...
राजपाको प्रदेशसभा अध्यक्षमा संजीव यादव, माधोपुरका संजीव सर्वसहमतिले चयन

ओम प्रकाश यादव कार्तिक २८ गते । रौतहट । रास्ट्रिय जनता पार्टी राजपाले रौतहट क्षेत्र नं १ को ख को अध्यक्षमा युवा नेता संजीव यादवलाई चएन गरेको छ । राजपाको पिपरा बजारमा आज बसेको बैठकले निर्वाचन क्षेत्र १ को ख प्रदेश सभाको अध्यक्ष पदमा माधवनारयाण नगरपालिका वडा नं ६ माधोपुरका संजीव यादवलाई सर्वसहमतिले चएन गरेको हो । ख विधान सभाको अध्यक्षमा सर्वसमतले चएन भएका यादव माधोपुरका वडा अध्यक्ष राजीव यादवका भाई रहेका छन । त्यस्तै बैठकले क्षेत्र नं १ को क प्रदेश सभाको अध्यक्षमा राम तपलेश्वर सिंह र प्रतिनिधी सभाको अध्यक्षमा विश्वम्भर राय यादवलाई सर्वसमतिले चयन गरेको हो । ख विधान सभाको अध्यक्ष जस्तो गरिमामय पदमा चएन भएका संजीय यादवले आफु ईमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन । सधै राजनिती प्रति चासो राख्ने, देश र जनतालाई सेवा गर्नबाट पछि नहटने नेता संजीव यादव आफुलाई अध्यक्ष जस्तो निकै महत्वपूर्ण र जिम्मेवार पद दिने पार्टी राजपाप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएका छन । राजपा अध्यक्ष मण्डलका सदस्य, पुर्व मन्त्री एवं रौतहट क्षेत्र नं १ का सांसद अनिल कुमार झाले अध्यक्षमा निर्वाचित भएका युवा नेता संजीव यादव सहित तिनै जनालाई टिका माला लगाएर सफल कार्यकालको शुभकामना दिएका थिए । त्यस्तै प्रदेश सांसद बाबुलाल साह र वडा अध्यक्ष राजीव यादव पनि निर्वाचित भएकाहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *