Loading...
पटाखाको नामले त म तर्सिन्छु बम झन् पडकाउछु ? गोलि बमको कुरा नगर्नुस डर लाग्छ- आलम

२९ कात्तिक, काठमाडौं । बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मो. अफ्ताव आलमले फेरी पनि घटना नै नभएको दाबी दोहोर्‍याएका छन् ।

जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बकमको कुरा आउँदैन ।’राजपुरमा बम विस्फोटको घटना नै नभएको समेत आलमले दाबी गरेका छन् । तर घटनामा मृत्यु भएका भनिएका त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले त्यसको खण्डन गर्नु भएको छ । ‘घटना भएको छैन भने ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर मलाई किन भन्छन् आलमका मानिसहरुले श्रीमान्’ भन्दै उहाले प्रश्न समेत गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *