Loading...
कृष्णनगरमा “दा नवाब रेष्टुरेन्ट एण्ड हुक्का बार नगर प्रमुख रजत प्रताप शाहद्वारा उद्घाटन

कपिलवस्तु, कृष्णनगर कार्तिक २९ कपिलवस्तुको कृष्णनगर व्यापारिक नाका रहेको र कृष्णनगर बाजार भित्र देश विदेशका पर्यटकहरुले पुरानो बजार हुनको कारणले आउदै गरेका छन् । देश विदेशबाट आएकाका पर्यटकहरुको नास्ता खाना र हुक्का बारको सुविधा दिनको लागि आज कृष्णनगरमा रहेको राघवेन्द्र काम्पलेक्समा “दा नवाब रेष्टुरेन्ट एण्ड हुक्का बार” खुलेको छ। उक्त रेष्टुरेन्टका संचालक मिर्जा आवेश बेग रहेका छन्। रेष्टुरेन्टको उदघाटन शुक्रवार ३बजे को समयमा कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहले गरेका थिए। उदघाटन को क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हेक्वा.(रा.तथा भ.सु.ग)कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील शाही,सशस्त्र प्रहरी निरीक्षक महेश्वरी गिरी,सहायक निरीक्षक सुरेश न्यौपाने,नेकपा का ५नं.प्रदेश सदस्य मिर्जा अर्शद बेग,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष रामकुमार कौलापुरी,समाजसेवी दिनेश चन्द्र गुप्ता समाजसेवी तुफेल आलम खां,३नं. वडाध्यक्ष सगीर अहमद खां,२नं.वडाध्यक्ष संजय गुप्ता,१०नं. वडाध्यक्ष अब्दूल मोबिन खां,छिमेकी मित्र राष्ट्र भारत बढनीका चेयर मैन निसार अहमद बागी,भाजपा नेता राजू शाही,युवा नेता सुनिल अग्रहरी,दैनिक जागरणका पत्रकार इरशाद अहमद,अर्बनको आपरेटिब बैक इटवा शाखा प्रमुख इकरार अहमद खां लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी समाजसेवी भद्रभलादमी पत्रकारहरुको उपस्थिती रह्यो । संचालक बेगका अनुसार रेष्टुरेन्टमा पहुनाहरुको लागि इंडियन मुगलंई,तन्दूरी,चाइनीज,इटालियन,नेपाली,नान अलकोहलीक ड्रिंक्स,साथ साथै बिभिन्न प्रकार का खाना पहुनाहरुको स्वादनुसार भारतको गोवा.बाट तालिम प्राप्त कुक हरु द्वारा पकाउने व्योस्था र कृष्णनगर बाजार क्षेत्रको १ किलोमिटर भित्र ग्रहक हरु आफ्नो स्वादनुसार का खाजा नास्ता खाना निशुल्क घर सम्म पुर्याउने व्यवस्था समेत मिलाएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *