
मोहम्मद आफ्ताब आलमको आतंकका कारण जेल पठाउने आदेश दिनासाथ नयायाधीश र सरकारी वकिलले जिल्ला छाडेको उल्लेख गरेको छ । आलमलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र वकालत गर्ने न्यायाधिवक्ता फणीन्द्रराज कटवालले न्यायपरिषद्सँग सरुवा मागे थिए । त्यस्तै आदेशलगतत्तै शुक्रबार साँझ नै जिल्ला छाडेका छन् ।
अदालतमा बहस चलिरहेका वेला गत मंगलबार दिउँसो रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार भएको थियो भने राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमे नै बम हान्न लगाएको प्रारम्भिक विश्लेषण गरिएको छ । सोही कारण आलमलाई रौतहतमा राख्न जोखिम भएकाले नख्खु कारागारमा राखिएको छ ।
त्यस्तै आलम जेल चलान भएपछि जिउँदै भट्टमा जलाइएका पिन्टुका बुबा श्रीनारायणसिंह राजपुतले भनेका छन्, ‘बल्ल न्यायको अनुभूति भयो, अब छोराको काजकिरिया गर्छु ।’
नया पत्रिकामा समाचार प्रकाशित भएका छन्
Facebook Comments