Loading...
कालापानीपछि भारतीयको नांग्गो आँखा तालमाथि, ताल कब्जा गर्न सीमास्तम्भ गायब गर्दै

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटमा १९५ नम्बरको सीमास्तम्भ ढलेको र १९६ नंको सीमास्तम्भ वर्षौदेखि भारतीय पक्षले गायब पारेको समाचार प्राप्त भएको छ ।
दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन् ।
दुई लाख ५० हजार वर्गमिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब २०० विघा जमिन अतिक्रमण गर्न ‘भारतीयहरुले १९५ नम्बरको पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको’ वडाअध्यक्ष नारायणप्रसाद जैसीले बताउनु भएको आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *