Loading...
नेपालको प्रगति देखेर छिमेकीको निन्द्रा हराम, चीन र भारतलाइ ५-१० बर्षमै पछि पार्छौ – बामदेब

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताएका छन् । शनिबार नेकपासम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले छिमेकी देशको आर्थिक विकासलाई भेट्टाउने गरी विकासको गतिमा अघि बढेको बताएका हुन् । विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उनले गरे । उनले मुलुकको विकास र रक्षाका लागि योगदानका लागि सधै तयार छु भन्ने भावना युवाहरुमा हुनुपर्नेमा जोड दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *