Loading...
जनकपुरमा अन्तराष्ट्रिय रंगशाला र प्रत्येक जिल्लामा समेत रंगशाला निर्माण हुने – मन्त्रि यादव

जनकपुरधाम, कात्तिक ३० गते । नेपाल पत्रकार महासंघ धनुषा र जनकपुर जेसिजको एक दिवसीय मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जेसिजको वार्षिकोत्सवको अवसरमा संचालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनकपुरको बारह विघा मैदानमा आयोजित सो प्रतियोगितामा जेसिसले जीत हात पारेको छ । टस जितेर बल्लेबाजीमा उत्रेका महासंघले निर्धारित १५ ओभरको खेलमा सम्पूर्ण ओभर खेल्दै ६ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । महासंघको तर्फबाट दोश्रो बल्लेबाजको रुपमा मैदानमा उत्रेका महासंघका कोषाध्यक्ष अवधेश कामत नटआउट रहदै सर्वाधिक ४८ रन बनाएको थियो । ९५ रनको लक्ष्य लिएर मैदानमा उत्रेका जेसिज ११.४ ओभरमै ५ विकेटको क्षतिमा रन पूरा गरी जीत हासिल गरेका थिए ।
मैत्रीपुर्ण क्रिकेट टुर्नामेन्टको उद्घाटन महासंघका अध्यक्ष अनिल मिश्रको गेंदबाजीमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवद्वारा बल्ला हानेर गरिएको थियो । उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खेल र खेलाडीको भविष्य सुनिश्चित गर्न प्रदेश सरकार जनकपुर १३ मा अन्तराष्ट्रिय रंगशाला, वडा नं. ८ मा प्रादेशिक रंगशाला र प्रत्येक जिल्ला र स्थानीय तह समेतमा रंगशाला निर्माण निर्माण गर्ने योजनामा प्रदेश सरकार काम गरिरहेको जानकारी गराएका थिए । उनले जनकपुरका खेलाडीहरु विगतमा देश मात्रै होइन अन्तराष्ट्रिय स्तरमै आफ्नो प्रदर्शनले प्रसिद्ध थियो तर राज्य पक्षको बेवास्ताका कारण खेलाडीहरुले भोग्दै आएको दुर्दाशाले खेलाडीहरुमा आएको ह्रासले खेलको क्षेत्रमा जनकपुर निकै पछाडि परेको भन्दै दुख व्यक्त गरे ।
साथै उनले जनकपुरधाममा एकमात्र खेल मैदान कवर्ड रहेको छ हाल त्यसको जर्जर अवस्था सुधारका लागि पछिल्लो वर्ष काम गर्न नसकिएपनि यसवर्ष एक करोड रुपैयाको लागतमा मरम्मत सम्भार तथा व्यवस्थापनको कार्य भइरहेको पनि जानकारी दिए ।
कार्यक्रममा महासंघका अध्यक्ष अनिल मिश्रले विगतमा आफ्नो प्रदर्शनले खेल जगतमा जनकपुरलाई गौरवान्ति गरेका खेलाडीहरुमा राज्यको बेवास्ता कारण ह्रास आएको र व्यवस्थित खेल मैदानको आभाव रहेकातर्फ प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
जेसिजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष सहितका पदाधिकारीहरुले पनि पत्रकार र जेसिजबीचको सम्बन्धलाई अझ कायम गर्नुपर्ने भन्दै मैत्रिपुर्ण खेललाई आगामी दिनसम्म निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए । सो कार्यक्रम तथा प्रतियोगितामा जेजिसको पुर्व अध्यक्षहरु जितेन्द्र महासेठ, लक्ष्मीनारायण साह, मनिष रमण साह, विजय साह लगायत विभिन्न पदाधिकरीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *