Loading...
रौतहटको होटलबाट यौन क्रियाकलाप गर्दागर्दै २ युवतीसहित ७ जना संबेदनसिल अवस्थामा पक्राउ

ओम प्रकाश यादव कार्तिक ३० गते । रौतहट । रौतहटको गरुडा स्थित एक होटेलबाट यौन क्रियाकलाप गरिरहेका दुई युवती सहित सात जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय गरुडाले गरुडाको खुसी होटेलमा आज साँझ ५ बजे छापामारी गर्दा दुईजना केटी सहीत सातजना पक्राउ परेका छन । बिषेश सुचनाको आधारमा प्रहरीले होटेल खुसीमा छापामारी गर्दा संबेदनसिल अवस्थामा रहेकी दुईजना केटी र चारजना केटालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रिपेन्द्र शिंहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारी गर्दा अर्धनग्न अवस्थामा दुई केटीका साथै पाँचजना केटा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बौधीमाई नगरपालिका ५ का चन्द्रिका साह,वडा ३ का बिनोद ठाकुर लोहार,राधेश्याम प्रसाद कुश्वाहा, गरुडा नगरपालिकाका जिंगडिया टोलका शेख साजीद आलम र हाटेल सञ्चालक गरुडा ५ महमदपुरका बिन्दा साहका छोरा शिवप्रसाद साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन । त्यसैगरी पक्राउपर्ने यौन ब्यवशायमा संलग्न केटीहरु सर्लाहीकी मधेसीमुलकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको केटा र केटी ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *