Loading...
आज कर दिवस, अख्तियारको अकुत सम्पत्तिमा तानिँदै राजस्वका कर्मचारीहरु

नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन आज देशभर कर दिवस मनाइँदैछ । विगत ८ वर्षदेखि हरेक वर्ष आजको दिनलाई कर दिवसका रुपमा मनाइँदै आएको छ । ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नारामा यस वर्षको कर दिवस मनाउन लागिएको हो । आन्तरिक राजस्व विभागले आजदेखि एक सप्ताहसम्म करसम्बन्धी विविध कार्यक्रम गर्ने भएको छ ।

अख्तियारको अकुत सम्पत्तिमा तानिँदै राजस्वका कर्मचारीहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवं डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियारले करिब राजस्व र सडकका झन्डै करिब ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो । ती अधिकारीको तीनपुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार आन्तरिक राजस्व विभाग र विभागअन्तर्गतका विभिन्न कार्यालयमा वर्षौंदेखि कार्यरत केही अधिकारी, सडक विभाग र डिभिजन कार्यालयअन्तर्गत कार्यरत केही उच्च इन्जिनियरहरुमाथिको अकुत सम्पत्ति छानबिन अन्तिम चरणमा पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *