Loading...
पर्यटन वर्षलाई सफल बनाउन मुख्य प्रवेशद्वार क्षेत्रमा विषेश सरसफाई अभियान सुरु

पर्सा,३० कात्तिक । पर्यटन वर्षलाई सफल बनाउन शनिबार विहानदेखि वीरगन्ज शंकराचार्यद्वार क्षेत्रको विषेश सरसफाई थालिएको छ । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२०लाई सफल बनाउन वीरगन्ज महानगरपालिकाको अगुवाईमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले सिमाक्षेत्रको सरसफाई गरेका हुन ।
वीरगन्जको इनर्वामा स्थित शंकराचार्यद्वार क्षेत्रमा लामो समयदेखि सरसफाई नभएको कारण अत्यन्त फोहर भएकाले सरसफाईका लागि अभियान नै थालिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,भोलन्टियर वीरगन्ज, लगायत विभिन्न संघ संस्थाका तीन सय भन्दा बढी सदस्यहरुले वीरगन्जको मितेरी पुल देखि भन्सार क्षेत्रसम्मको एरियामा सरसफाई गरेका छन् । वीरगन्ज महानगरपालिकाको बारुणयन्त्रलाई प्रयोग गरी शंकराचार्यद्वार तथा सडकलाई पखालिनुको साथै सो क्षेत्रमा उर्मिएका झारपात्त र फोहर सफा गरिएको छ ।
नेपाल कै मुख प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वार क्षेत्रलाई प्रयोग गर्दै ठुलो संख्यामा भारत तथा तेस्रो मुलुकबाट पर्यटक नेपाल भित्रीने गरेकाले यस क्षेत्रको सरसफाई आवस्यक रहेको नगर प्रमुख बिजय कुमार सरावगीले जानकारी दिनुभयो। उहाँले वीरगन्ज नाका प्रयोग गरी नेपाल भित्रीने पर्यटकलाई दृष्टीगत गर्दै यस क्षेत्रकोे सौन्दरीकरणका लागि महानगरपालिकाले विभिन्न योजना बनायएको र निटक भविश्यमा ति योजनालाई कार्यन्वयन गर्ने बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *