ओम प्रकाश यादव मंगसिर १ गते । रौतहट । पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भटट्टराई यहि मंगसिर ३ गते रौतहट आउने भएका छन । आउँदो मंगसिर १४ गते हुन लागेको उप निर्वाचनको प्रचार प्रसारको लागि अध्यक्ष भटट्टराई रौतहट आउन लागेका हुन । मंगसिर १४ गते रौतहटको गढिमाई नगरपालिका वडा नं २ को वडा अध्यक्ष पदको लागि निर्वाचन हुँदै छ । उक्त वडा अध्यक्ष पदको लागि समाजवादी पार्टीको तर्फबाट दिनेश दास चुनावी मैदानमा रहेका छन । गढिमाई नगरपालिका २ समनपुर गाउँको लागि हुन गईरहेको निर्वाचनमा आफना पार्टीका वडा अध्यक्षका उम्मेदवार दासलाई ठुलो मतले बहुमतका साथ विजयी बनाउन समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री भटट्टराई रौतहट आउन लागेको जनाईएको छ । वडा अध्यक्षका उम्मेदवार दासको घरदैलो कार्यक्रममा सहभागि हुन पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भटट्टराई मंगसिर ३ गते मंगलवारका दिन रौतहट आउने कार्यक्रम तय भएको नेता राजकुमार दासले जानकारीदिनुभएको छ । समाजवादी पार्टीका केन्द्रिय सदस्य, समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश नं २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको विशेष पहलमा डा. बाबुराम भटट्टराई रौतहट आउन लागेको नेता दासले बताए । ३ गते हुने घरदैलो कार्यक्रममा अध्यक्ष भटट्टराईसँग राज्य मन्त्री यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद फुलबाबु, प्रदेश सांसद किशोरी यादव, समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, पार्टीका जिल्ला ईन्चार्ज बृज किशोर यादव सहित जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरु सहभागी हुने बताईएको छ ।
Loading...
Facebook Comments