Loading...
राष्ट्रसेवक कर्मचारीसहित ९जोडी दिउँसै आपत्तिजनक अवस्थामा पक्राउ, अब यस्तो मुद्धा दर्ता

१ मंसिर, बारा । बाराको सिमराबाट प्रहरीले आपत्तिजनक अवस्थामा ९ जोडीलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले ति जोडीलाई नियन्त्रणमा लिएको हो । शनिबार जीतपुरको सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हान्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जानकारी दिएको छ । सिमराको दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलबाट आपत्तिजनक अवस्थामा ९ वटा जोडीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी ले बताएका छन् । पक्राउ पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जानकारी दिएको छ । सिमराको दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलबाट आपत्तिजनक अवस्थामा ९ वटा जोडीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *