Loading...
रौतहट स्थित सादा पोसाकका सशस्त्र प्रहरीद्धारा अबैध भारतिय प्याजसहीत ट्क भेल बरामद

रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले ठुलो परिमाणमा अबैध भारतिय प्याजसहीत एउटा नेपाली नम्बरको ट्क बरामद गरेको छ ।
सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर गौरका प्रमुख सशस्त्रका एसपी रबिनराज कर्णजितको निर्देशनमा सादा पोसाकमा गएको सशस्त्रको
टोलीले प्याजसहीतको ना२ख ६३०४ नम्करको ट्क बरामद गरेको हो ।
भारतीय बजार घोडाशहन बाट अबैधरुपमा भित्रयाई फतुआ बिजयपुर नपा ७ डुमरियाटोल स्थित ट्कमा प्याज लोडगरीरहेको सुचनाको आधारमा सशस्त्र प्रहरी हेडक्वाटर गौर बाट गएकोटोलीले बरामद गरेको सशस्त्रका एसपी कर्णजितले जानकारी दिएका छन ।
करीव ८५ कुईन्टल प्याजसहीतको बरामद ट्क आवशयक कार्यवाही को लागी जिल्ला भन्सार कार्यालय गौर पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद प्याज र ट्कको बजारभाउ मुल्य १५लाख बढीहुने अनुमान रहेको सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर गौरले जनाएको छ ।
प्याजसहीतको ट्क नियन्त्रण लिनेक्रममा डुमरियामा सामान्य झडप हुँदा चालक र तस्कर भने फरार हुन सफलभएको सशस्त्र प्रहरी बेस क्याम्प बिजयपुरले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *