Loading...
हाम्रो जमिनबाट छिमेकीले सेना हटाओस, तनाब नहोस्, राष्ट्रकालागि लड्न जानेका छौ- ओली

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आज काठमाडाैँमा सम्बोधन गर्दै उहाले सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता बताउनु भयो । उहाले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नु भएको छ । उहाले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नु भयो । यो नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देशभक्त सरकार हो । त्यसकारण सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिँन दिँदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नुछैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस् फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ’ प्रधानमन्त्री ओलीको भनाई रहेको थियो ।

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको प्रधानमन्त्रीले भन्नुभयो । उनले सरकारले संवाद मार्फत सीमा सम्बन्धी समस्या समाधान गर्ने भन्दै कतिपयले नक्सा सच्याउने कुरा उठाएपनि भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको बताए । सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्ने पनि बताउनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *