Loading...
युएईबाट आयो जवाफ: कालापानी-लिपुलेखको दर्जनौ हेक्टरले, के १इन्च पुग्दैन ओली महाराजाज्यू

हरि घर्ति मगर

नेकपा निकट राष्ट्रिय युवा संघको एक कार्यक्रमलाई सम्बोधन गर्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले हाम्रो भूमी १ इन्चपनी मिच्न दिदैनौ भनेर तरर ताली खाएछ्न् । सायद केपी महाराजालाई थाहा रहेनछ, भारतिय सेना हाम्रो भूमी कालापानी,लिम्पियाधुरा र लिपुलेखमा आएर वसी सकेको छ । त्यो दर्जनौ हेक्टर जग्गा केपीको हिसावमा १ इन्च पनि नपुग्दो रहेछ क्यारे…!
केपी सरकारले हाम्रो भूमी फिर्ता ल्याउने रे..? अनि कहिले ल्याउने? १ वर्षमा? २ वर्षमा? कि १०० वर्षमा? कि २/४ सयवर्षमा..? गजव छ वा..!
प्रधानमन्त्री ज्यू,आफ्नो भूमी फिर्तागर्न आफ्नो भूमी भनेर जिकिर गर्नुपर्ला, जिकिरमा तथ्य,तर्क र प्रमाण पेश गर्नुपर्ला,विज्ञसहित भारतिय प्रधानमन्त्री वा सरोकारवाला सङ्ग वार्ता छलफल गर्नुपर्ला होइनर…? ती भु-भागलाई आफ्नो नक्सामा पारेर नक्साजारी गर्न डराउने,सिमामा सेना पठाउन डराउने र भारतिय सेना मिचिएको भूभागवाट फिर्तागर्न भारतिय प्रधानमन्त्रीसङ्ग सिधाकुरा डराउने! अनि कसरी हुन्छ फिर्ता..?
अहिलेसम्म यो भारतिय अतिक्रमण सन्दर्भमा के प्रगती भएको छ? त्यो हामी जनतालाई सुचनाको अधिकार उपलब्ध गराएको खै…? हामी जनतालाई थाहा जानकार हुने अधिकार छैन ? प्रधानमन्त्री ज्यू, तपाई भारतिय पाउमा लम्पसार मात्रै होइन, भारत अगाडी घुडा र कुहिनोमा हिडन थाल्नु भएकोले,घुडा र कुहिनोको छाला उत्रेको देखिन्छ।
आज युवासङ्गको कार्यक्रममा, हाम्रो भुमी १ इन्चपनि मिच्न दिदैनौ भनेर गरेको तपाईको लाचार सम्वोधन,मात्रै नेपाली मात्रीभूमी माथी भारतियले गरेको बलात्कार विरुद्ध सोतस्फूर्तरूपमा उठेको लाखौ जनताको जनआक्रोशलाई थाम्थुपपार्ने तपाईको षड्यन्त्र मात्रै हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *