Loading...
जीर्ण अवस्थामा कपिलवस्तुका सिमास्तम्भ, सम्भारकाे कमी र सराेकारवाला निकायकाे माैनता

कपिलवस्तु / मांसिर २ । नेपाल-भारत सिमानाका अधिकांश सिमास्तम्भ जीर्ण अवस्तामा रहेका छन। मर्मत सम्भारकाे कमी र सराेकारवाला निकायकाे माैनताका कारण जिल्लाकाे कृष्णनगर नगरपालिका क्षेत्रका बगही , भगवानपुर लगायतका दसगजाका सिमास्तम्भ जीर्ण हुन पुगेका छन । पटक पटक सिमा विवादका कुरा उठ्छन र केही दिन मै सेलाएर जान्छन तर देशकाे सिमानालाई स्थिर राख्ने जंगेपिलर हरुकाे उचित मर्मत सम्भार नहुंदा सिमा क्षेत्र विवादित हुने गरेकाे स्थानिय बताउंछन ।तराईकाे खुला सिमाना भारतसंग जाेडिएकाले दुवै देशकाे समतल भुमिमा अवात जावत हुने गरेकाे पाईन्छ , कतिपय ठाउंमा घर नेपालमा र खेती भारतमा हुँदै गरेकाे थुप्रै उदाहरणहरु पनि छन । तर सिमा स्तम्भ ले सिमा रेखालाई स्थायित्व दिएकाे छ । समतलभुमिकाे सिमामा अतिक्रमण हुन सम्भावना बढी हुने हुनाले पनि जंगेपिलर हरुकाे मर्मत हुनु अावश्यक छ । केही ठाउंमा ढलेका स्तम्भ बनाउन सकिएकाे छैन । भिल्मीको पश्चिम र बगही को पूर्बमा रहेको सिमास्तम्भ पिलर न.५६४ (६४) जीर्ण हुदै गएको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *