Loading...
प्रदेश २ सरकारले फेरी देखायो हिम्मत, संघिय सरकार, राष्ट्रपति, संघीय संसद विरुद्ध मुद्धा दायर

२ मंसिर, काठमाडौं । संघीय सरकारले ल्याएको वन ऐनविरुद्ध प्रदेश २ सरकारले सर्वोच्च अदालतमा रीट दायर गरेको छ । ऐनका अधिकांश दफा संविधानसँग बाझिएको भन्दै प्रदेश २ सरकार अन्तर्गत वन तथा भूसंरक्षण मन्त्रालयले सर्वोच्चमा रीट दायर गरेको हो । रीटको ६ गते संवैधानिक इजलासमा पेशी तोकिएको छ । राष्ट्रपति कार्यालय, संघीय संसद, केन्द्र सरकार र वन मन्त्रालयलाई विपक्षी बनाइएको छ भने ऐनका थुप्रै दफा संविधानसँग बाझिएको भन्दै बदर गर्न माग गरिएको छ । साथै मुद्धाको टुंगो नलागेसम्म ऐन कार्यान्वयन नगर्न समेत अन्तरिम आदेशको माग गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *