Loading...
राजपा पार्टी होइन, ६ जना सेयर होल्डरको संस्था हो, सबै साहुको आफ्नै ताल छ – उपेन्द्र यादव

सरोज खिलाडी

समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपाललाइ राजनीति पार्टी नभएर संस्थाको संज्ञा दिएका छन् । अध्यक्ष यादवले संघिय अन्लाइन संग कुरा कानी गर्दै भन्नुभयो – “राजपा हाम्रो जस्तो पार्टी होइन, त्यो त ६ वटा सेयर होल्डर भएको संस्था हो । ६ जना मालिकहरु छन् सबैको आ-आफ्नै ताल छ । उहाले थप्नु भयो – “यदि राजनीतिक पार्टी जस्तो १ अध्यक्ष भएको भए उहिल्यै पार्टी एकता भै सकेको हुन्थ्यो । ६ जनाको आ आफ्नै अडान छ ४ जनाले मान्नु भयो भने २ वटाले बिरोध गरिहाल्ने प्रवृतिका कारण पार्टी एकतामा ढिलाइ भएको उहाको भनाइ रहेको छ । सरकार बारे सोधिएको प्रश्नको जवाफ दिदै अध्यक्ष यादवले भन्नु भयो – ” मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाको लागि हामी सराकारमा छौ समय आए हामी आफै सरकार छाड्छौ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *