Loading...
लिंग्देललाइ झटका, ४२६ ले गरे पार्टी परित्याग, अधिकांश कमाण्डर, ५० ले गरे समाजबादीमा प्रवेश

मंसिर ३ , धरान । संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्च नेपालका कार्यकर्ताहरुले चुनावकै बेला सुनसरी जिल्ला कार्य समिती र धरान नगर कार्य समितिका गरी ४२६ जनाले पार्टी परित्याग गरेका छन् ।
पार्टीका केही नेताहरुले मनपरी ढंगले पार्टी सञ्चालन गरेको र पार्टीको सिधान्त अनुसार समानुपातिक, समाबेसी सिद्धान्तलाई नेताहरुले स्वीकार्य गर्न नसकेको भन्दै उनीहरुले सयुक्त रुपमा राजीनामा दिएका हुन ।
जसमा केन्द्रीय सिनियर कमाण्डर प्रेम गुरुङ्ग, केन्द्रीय सिनियर कमाण्डर, सिजन राजधामी, प्रान्तिय केन्द्र सदस्य गोकर्ण सिंघक, सुनसरी जिल्ला अध्यक्ष सन्तोष केदेम, धरान नगर कोषाअध्यक्ष खेम खडका, मजदुर अध्यक्ष पूर्ण बान्तवा, मजदुर सचिव समिर राई, सह सचिवनरेन्द्र राई, मजदुर उपसचिव टंक गेलाल, नगर सचिव शुक्रराज राई, सदस्हरु नन्दमाया राई, नगर युवा उपाध्यक्ष सुवाई राई, बिबेक बराईली, जिल्ला उपाध्यक्ष बिजय राई लगायताका सयौ कार्यकर्ताहरु रहेका छन । यी पार्टी परित्याग गर्ने मध्ये ५० जना ले समाजबादी पार्टीमा प्रवेश गरेको बुद्द्सान्ती गाउँपालिकाका अध्यक्ष दुर्गा नेम्बाङ्ग ले जानकारी दिनु भएको छ उहाका अनुसार अझ पार्टी प्रवेश गर्न तयार समेत रहेका छन् । चाडैनै पार्टीमा प्रवेश गर्ने छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *