Loading...
ओलीको चक्र्भ्यु: राजपा सरकारमा, प्रदेश २सरकार ढाली नेकपाको सरकार, तर चक्रभ्यु तोडे उपेन्द्रले

सरोज खिलाडी

काठमाडौं । कार्तिक २९ र ३० गते भर्खरै सम्पन्न समाजबादी पार्टीको केन्द्रिय समिति बैठकमा धेरै कुरा उठेपनि बाहिर कमै कुराहरु आएको छ । बैठकमा समाजबादी पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीको दोहोरो चरित्र बाट बच्न पार्टी अध्यक्ष उपेन्द्र यादव लाइ रिपोर्टिंग गरेका थिए । नाम नखोल्ने सर्तमा पार्टीका एक केन्द्रिय सदस्यले भने – ” प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी दल राजपा र समाजबादी पार्टी बीच खेलिरहेको दोहोरो गेम समेत पार्टी अध्यक्ष उपेन्द्र यादवलाई थाहा रहेछ । सरकारमा सहभागी हुनु भन्दा अगाडि अध्यक्ष यादवले ओली संग २ बुंदे सहमति समेत गरेको थियो । सर्त अनुशार सरकारमा सहभागी भए संबिधान संशोधन गर्ने कुरा प्रधानमन्त्री ओलीले गरेका थिए । तर संबिधान संशोधन भएन । हालमा केहि महिना देखि अध्यक्ष यादव लगायत पार्टीका अन्य नेताहरुले सरकार छाड्ने र सरकारले काम नगरेको र निक्कमा भएर भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप लगाउदै भाषण गर्दै आएका छन् । त्यसपछि ओलीले दोहोरो खेल खेल्ने नीति लिए । पहिलो नीति अनुसार प्रदेश प्रमुख फेर्ने र सत्ता साझेदार पार्टीलाई नसोधिकन आफै प्रदेश प्रमुख चयन गर्ने र दोस्रो नीति अन्तर्गत समाजबादी पार्टीलाइ सरकार बाट आउट गरेर राजपालाइ सराकारमा ल्याउने र उ संगै मिलेर प्रदेश २ को सरकार समेत ढाल्ने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालका नेतालाई पटक–पटक सरकारमा आउन आग्रह गरेको खुलेको छ । आफू निकटस्त नेताहरुलाई पठाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सो दलका नेताहरुलाई ‘सरकारमा आउन तयार भए समाजवादी पार्टीलाई सरकारबाट ‘आउट’ गर्ने राजपा नेपाललाई ‘इन’ गर्नेछौं’ अफर गरेका थिए । तर यो कुरा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कानसम्म पुग्यो । त्यही भएर यादवले तत्काल सरकार नछाड्ने निर्णय लिए । राजपा नेपालले समाजवादी पार्टीलाई सरकारबाट निकालेर आफू जाने तयारीमा रहेका जस्ता कुरा बैठकमा उठेको थियो । फेरी पार्टी एकताका लागि सरकार छाड्नु पर्ने अडान राजपाले पनि लिदै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *