Loading...
कसैको धाक धम्कीले मधेश चल्दैन, अब नेकपा र कांग्रेस नामको पसल बन्द गर्छौ – मन्त्रि यादव

ओम प्रकाश यादव
मङसिर ३ गते ।
देशलाई नै हाक्ने तिनवटा ठुल्लो खम्बा आफना पार्टीमा भएकोले अगामी निर्वाचनपछि समाजवादी पार्टीको जित निश्चित रहेको प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव ठोकुवा गरेका छन । यस अघिदेखी नै उपप्रधान मन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जस्ता शक्तिशाली एवं विद्यवान नेता आएपछि अब समाजवादी पार्टीलाई आउँदा निर्वाचनपछि देशको सबभन्दा ठुलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री यादव दावी गरेका छन ।
रौतहटको हथिऔल स्थित आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो दावी गरेका हुन ।
समाजवादीमा तिन ठुला नेता उपेन्द्रय यादव, डा. बाबुराम भट्टराइ र अशोक राई रहेकाले अगामि दिनमा समाजवादी नै देशको सबभन्दा ठुलो दल बन्नबाट कसैले पनि रोक्न नसक्ने राज्य मन्त्री यादवले टिप्प्णी गरेका हुन । पहिला तराई मधेशमा मात्रै सिमित रहेको समाजवादी पार्टी अहिले हिमाल, पहाड र तराई गरी देशैभरी फैलिएकोले आफना पार्टी नै विजयी प्राप्त गर्ने उहाँले बताउनुभयो ।
दलित र पिछडा वर्गलाई अघि बढाउन समाजवादीलाई निर्वाचित गराउनुपर्नेमा समेत उनले जोडि दिएका थिए ।
चुनावमा कम्युनिष्ट र कांग्रेस कसैको धाक धम्की नचल्ने भन्दै राज्य मन्त्री यादवले आफना हक अधिकारको लागि निर्धकका साथ हात –पंजा) छापमा समाजवादी पार्टीका उम्मेदवार दिनेश दासलाई अत्याधिक मत दिएर विजयी बनाउन उहाँले सबै मतदाताहरुलाई आग्रह गर्नुभयो ।
समाजवादी पार्टी मात्रै देशलाई समृद्ध र विकसित बनाउने भएकोले बसैको भुलभुलाई लोभ लालचमा नपरी आफना पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन कृषि राज्य मन्त्री योगेन्द्र यादव आग्रह गर्नुभयो । पुर्व प्रधानमन्त्री एवं पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई उपस्थित रहेको कार्यक्रममा मन्त्री योगेन्द्र यादवले यस्तो बताएका हुन ।
अगामि १४ गते रौतहटको गढिमाई नगरपालिका वडा नं २ समनपुरमा हुन लागेको वडा अध्यक्षको चुनावमा आफना पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका दिनेश दासलाई निर्वाचित गराउनको निमित्त समाजवादीका अध्यक्ष बाबुराम भट्टराई आज रौतहट आउनुभएको थियो ।

रौतहट आएका भट्टराई समनपुरमा घरदौलो कार्यक्रममा पनि सहभागि हुनुभएको थियो । समनपुर स्थित मतदाताको घरघरमा गएर डा. भट्टराई मंगसिर १४ गते हुने निर्वाचनमा समाजवादी पार्टीको उम्मेदवार दिनेश दासलाई पंजा छापमा अत्याधीक मत दिएर विजयी बनाउन मतदाताहरुलाई आग्रह गरेका थिए ।
घरदैलो कार्यक्रममा प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, समाजवादी पार्टीका नेता एवं प्रदेश २ का विकास समितिका सभापति शेख फुलबाबु, समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, जिल्ला सांयोजक वृज किशोर यादव, समाजवादीका युवा नेता राजकुमार दास तत्मा, समाजवादी युवा संघका जिल्ला अध्यक्ष कौशरखान मिथिला सहितका नेताहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *