Loading...
प्रदेश प्रमुख पछि फेरी ओलीले दिए उपेन्द्रलाई ४४० को झट्का, स्वास्थ्यमन्त्रिबाट बर्खास्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ मन्त्रि ल्याएका छन् । पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् भने मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्री बनाएका छन् । यस्तै ओलीले चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुवीर महासेठलाई बिदाइ गरेका छन् । राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव पनि बिदा भएका छन् । यस्तै सामाजवादी पार्टीबाट राज्यमन्त्री बनेका चौधरीलाई पनि हटाएर नेकपाकै कोटामा थप एक जना राज्यमन्त्री बनाइएको हो । समाजबादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ। यसैबीच समाजवादी पार्टीले आफूहरुसँग कुनै छलफल नगरी मन्त्रिमण्डल र जिम्मेवारी हेरफेर गरेको भन्दै असहमति जनाएको छ। सो पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव हाल दिल्ली भ्रमणमा रहेका छन् । उनको स्वास्थ्य मन्त्रीको जिम्मेवारी खोसेर ओलीले कानुनमन्त्री नियुक्त गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *