Loading...
लेनदेनको आधारमा मन्त्रि मण्डल बिस्तार, नेकपाको कार्य प्रति म लज्जित छु- नेकपा सांसद साह

५ मंसिर, काठमाडौं । नेकपाका नेता प्रभु साहले सरकार पुनर्गठनले आफू लज्जित भएको बताएका छन् । साहले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको आरोप लगाएका छन् । योग्यहरूलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको साहको दाबी छ । साहले फेसबुकमा लेखेका छन् – ” कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो”, मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन । मन्त्रिपरिषद् पुनर्गठनमा सामान्य कम्युनिष्ट मूल्य मान्यतासमेत अवलम्बन नगरिएको भन्दै यसबाट आफू लज्जित भएको उनले बताएका छन् । मन्त्रि बन्न साहले लबिङ गर्दागर्दै प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा उनी परेनन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *