Loading...
भारतको इशारामा जोगियो उपेन्द्रको मन्त्रि पद कि प्रचण्डको आग्रहमा ? किन गरेन पद मुक्त ?

समाजवादी पार्टीको केन्द्रिय समिति बैठक बसेको साता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् भने यादवलाई स्वास्थ्य मन्त्रालय बाट हटाएर कानुन मन्त्रालय दिएको छ । स्रोतका अनुसार मन्त्रालय हेरफेरबारे न यादवसँग परामर्श भएको थियो न उनको पार्टीका अरु नेताहरुसँग । उपप्रधानमन्त्री यादव अहिले भारत भ्रमणमा छन् । हुन त यादवको मन्त्रालय मात्र फेरिएको हो । उनको उपप्रधानमन्त्री पद पनि कायम छ । सरकारमा तेस्रो वरियता खोसिएको छैन । उनको पद खोसिनु को साट्टो एक प्रकार ले जस्ता को त्यस्तै रहेको छ । नेकपा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली समाजवादी पार्टीलाई सरकारबाट हटाउने पक्षमा थिए । राज्यमन्त्री यादवसँगै उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री मो। इस्तियाक राईलाई पदमुक्त गर्ने उनको तयारी थियो । मन्त्री यादवमाथि कार्यसम्पादन निकै कमजोर हुनुका साथै राजनीतिक नियुक्तमा मात्र मरिहत्ते गरेको र विदेश भ्रमणमा मात्र रमाएको आरोप छ ।
तर नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई रोकेका छन् । ‘प्रधानमन्त्री त यो पटक समाजवादी पार्टीलाई सरकारबाट हटाउने पक्षमा हुनुहुन्थ्यो । अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले अहिले नहटाऔं भन्नुभयो’ स्रोतले भन्यो, ‘उहाँहरुको मन्त्री पद त जोगियो । तर मन्त्रालय भने फेरिएछ ।’ त्यसै गरि कांग्रेस निकटका नेताहरु को भनाइ अनुशार उपेन्द्र को पद जोगिनु र मन्त्रालय सारेको जस्तो मात्र देखाउनु भनेको उपेन्द्र यादव भारत मा हुनु को फल रहेको छ । उपप्रधान मन्त्रि यादव बुधबार मात्र भाजपा का महासचिव राम माधव लाइ भेटेका थिए । कांग्रेस निकट का एक नेता भन्छन – सबै राम्रा नराम्रा मन्त्रि हरु फेरिए तर उपेन्द्र बस्नुको अर्थ हो उपेन्द्र भारतमा हुनु । यसले महत्वपूर्ण तथा अर्थपूर्ण संदेश दिएको छ । हुन् पनि हो उपेन्द्रलाइ रोक्न प्रचण्डले त किन प्रयत्न गर्थे उपेन्द्र नेकपाका नेता होइन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *