Loading...
राजपा नेपालको केन्द्रमा मात्रै होइन जिल्लामा पनि ३/३ वटा अध्यक्ष, छुटाछुटै ठाउँमा अधिवेशन

ओम प्रकाश यादव, रौतहट । राजपाको रौतहट जिल्ला अध्यक्षमा तिन जना चएन भएका छन । राम प्रवेस दास, लिला साह र शेख जमशैद राष्ट्रिय जनता पाटीको जिल्ला अध्यक्षमा चएन भएका छन । तिनै जना अध्यक्षहरु छुटा छुटै अधिवेशन गरेका छन । तिन ठाउँमा भएको अधिवेशनबाट जिल्ला अध्यक्षमा दास, साह र जमशैद चएन भएका हुन । राजपा रौतहटमा नेताहरुवीच आपसी समझदारी नभएको कारणले छुटा छुटै ठाउँमा अधिवेशन भएको र तिन जना एउटै पदमा चएन भएको पाईएको छ । राजपाको रौतहट जिल्ला अध्यक्षमा तिन जना चएन भएपनि आधिकारीक अध्यक्ष आफु रहेको राम प्रवेस दासले दावी गरेका छन । अधिवेशनबाट आफु पुर्ण बहुमत पाएकोले राजपाको आधिकारीक अध्यक्ष आफु नै रहेको नेता दासले बताएका छन । पार्टीको निती नियम र निर्देशन विपरीत आफना मनोपोली ढंगले लिला साह र जमसैद वेग्लै अधिवेशन गरेर अध्यक्ष बनेको अध्यक्ष दासले आरोप लगाएका छन । रौतहटके सदरमुकाम गौरके रामजानकि धर्मशालामा भएको राष्ट्रिय जनता पार्टी रौतहटको अधिवेशनबाट युवा नेता राम प्रवेश दास जिल्ला अध्यक्ष पदमा चयन भएका छन् । त्यस्तै बरिष्ठ नेताहरुमा प्रदेश सांसद बाबुलाल साह, योगेन्द्र यादव, गिता कुश्वाहा, शम्भु प्रसाद जयसवाल, शंभु सुप्रिम सहित आठ जना चएन भएका छन भने उपाध्यक्षमा इशराईल अंसारी, मर्धेन्द्र साह चएन भएको अध्यक्ष राम प्रवेस दासले जानकारी दिनुभयो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *