Loading...
“केपी ओलीले त गर्नुभयो भयो, विद्या भण्डारीले गर्नुहुँदैन”- वरिष्ठ नेता रामचन्द्र पौडेल

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसार परेको बताएका छन् । नेपाल डेमोक्र्याटिकस् लयर्स एशोसिएसनको साधारणसभालाई आज पोखरामा सम्बोधन गदै देउवाले यस्तो बताएका हुन् । सरकारको बदमासी बढ्दै गएको बताउँदै देउवाले संसद र सडकबाट समेत सरकार विरोधी आन्दोलन चर्काउने चेतावनी दिनुभएको छ । त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो – “दलिय स्वार्थमा काम गर्ने गरि संवैधानिक परिषद अध्यादेश ल्याउन लागिएको छ । ‘संवैधानिक परिषद्लाई प्रधानमन्त्रीले एकजनालाई साथमा लिएर निर्णय लिन सक्ने व्यवस्था छ भन्ने सुनेको छु,’ पौडेलले भन्नुभयो- “यो अध्यादेशले प्रधानमन्त्रीलाई निरंकुश र तानाशाह बनाउँछ । प्रधानमन्त्रीलाई कसैले छुन सक्दैन उनैले सबैलाई ठेगान लागाउन सक्छन् ।” यदि राष्ट्रपति भण्डारीसँग राजनितिक प्रजातान्त्रिक संस्कार छ भने अध्यादेशमा लालमोहोर लागाउन नहुने पौडेलको भनाइ रहेको थियो । उहाले थप्नु भयो -केपी ओलीले त गर्नुभयो भयो, विद्या भण्डारीले गर्नुहुँदैन । उहाँले पनि गर्नुभयो भने हामीले पनि उहाँमाथि सोच्नुपर्ने हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *