Loading...
डुब्नै लाग्याे देश हाम्राे , लाैन केही गराैँ ..सिमानामा सराैँ – महासचिब अस्मिता भण्डारी

गीत :लाैन केही गराैँ
रचनाः अस्मिता भण्डारी, महासचिब, (विश्व हिन्दू महासंघ अन्तराष्ट्रिय)

एकदिन सबै मर्नैपर्छ, देश कै निम्ति मराैँ
डुब्नै लाग्याे देश हाम्राे , लाैन केही गराैँ ..
चन्द्र सूर्य ध्वजा बाेकी , सिमानामा सराैँ !!

थाेपा- थाेपा मिलेपछि, सागर भन्छ अरे
सबै थाेपा सधै भरि ,एकै ठाउँमा पराै !!
डुब्नै लाग्याे देश हाम्राे , लाैन केही गराैँ …!!

एउटै ढुङ्गा चढी , यात्रा सँगै गरे पछि
हात समाई भराेसाले , महाकाली तराैँ ।
डुब्नै लाग्याे देश हाम्राे , लाैन केही गराैँ …!!

देशकाे माया नगर्नेले ,कस्काे मायाँ गर्छ ?
चन्द्र सूर्य झण्डा बाेकि ,अव अघि सराै..
डुब्नै लाग्याे देश हाम्राे , लाैन केही गराैँ ….!!

श्रीखण्ड र चन्दन , कस्तुरीकाे बिना जस्तै ..
नेपाली हाै हामी , सुगन्धित बास छराैँ..!
चन्द्र सूर्य ध्वजा बाेकी , सिमानामा सराैँ ।
डुब्नै लाग्याे देश हाम्राे , लाैन केही गराैँ …..!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *