Loading...
बिहानैदेखि अध्यक्ष यादव आन्तरिक छलफलमा ब्यस्त, पदाधिकारी बैठक बस्दै, यी मुद्धाहरु उठने

भारत भ्रमणबाट सुक्रबार बेलुकी लगभग ९ बजेतिर फर्किएका समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आन्तरिक छलफललाइ तीव्रता दिएका छन् । यादवले आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् ।
यादव भारत भ्रमणमा रहेका कारण सरकार बारेमा पार्टीभित्र औपचारिक छलफल भने हुन सकेको थिएन । त्यसैले आज अहिले ४ बजे नै पदाधिकारी बैठक बस्न सक्ने स्रोतले जनाएको छ ।

सम्भवतः आजको पदाधिकारी बैठक बाट प्रधानमन्त्री ओलीको मनसाय बुझेर सरकार छाडने निर्णय हुन् सक्ने एक नेताले बताएका छन् ।
यस भन्दा अगाडि अध्यक्ष यादवले समेत पार्टीले जे निर्णय गर्छ त्यो नै अन्तिम हुन्छ भनिसकेका छन् । स्वास्थ्य मन्त्रालय फेरिए पनि कानुन मन्त्रालय बाटै संबिधान संशोधन गराउन सजिलो हुने समेत नेता हरुको दाबी रहेको छ भने कतिपय ले यादव कै सहमति मा कानून मन्त्रालय मा सारिएको समेत दाबी गरेका छन् ।

हाल संघीयतामाथि प्रहार भइरहेको, संविधानमा व्यवस्था गरिएका अधिकारसमेत कार्यान्वयनमा आउन नसकेकोजस्ता परिस्थितिलाई बुझेर संविधान पूर्ण रुपमा कार्यान्वयन गराउने र संशोधनमार्फत थप अधिकार हासिल गर्ने दिशामा पनि पार्टीले भूमिका खेल्नुपर्ने नेता राम सहाय यादव को भनाइ रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *