
सरोज खिलाडी
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाम दिएर आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । सो पार्टीले राजधानीको भृकुटीमण्डपमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको हो । सीके राउतले आमसभामा सहभागी गराउनका लागि तराई मधेशबाट आफ्ना कार्यकर्ता उतारेका छन् । जारी आमसभामा प्रमुख वक्ताका रुपमा सिके राउत रहेका छन् । मधेशीलगायतका समुदायमाथि रङ्गको आधारमा हुने विभेदलाई रङ्गभेद भन्दै अध्यक्ष राउतले त्यसको विरोधमा काठमाडौमा आमसभा गरेका हुन् । सिके राउत समेत सहभागी भएको जुलुसमा रंगभेद जघन्य अपराध हो, यसलाई निर्मूल गरौं’ लेखिएको व्यानरसहितको र्याली कार्यक्रमस्थल पुगेको थियो । कार्यक्रम लाइ सम्बोधन गर्ने क्रम मा डा सी के राउतले भुत देखि बर्तमान सम्म यो देश बचाउन मा मधेशी कै हात रहेपनि पहाडी संकुचित सोचका कारण विभिन्न काल खण्डमा ठाउ ठाउमा, गल्लि गल्लिमा मधेशीलाइ अपमान गरेर होच्च्याएर बोल्ने गरेको प्रति आपति जनाउनु भयो । उहाले भन्नुभयो – ” यहि काठमान्डूमा मधेशीलाइ मान्छे नभनेर पशु भन्ने गरिन्छ त्यहि पनि यहिका जनताले, साशकले खोइ रंगभेद भनेर प्रशन गर्ने गरेको छ ।
Facebook Comments