Loading...
रौतहटको माधोपुर गढिमेलाको ठेक्का ७ लाख ५ हजारमा फाईनल

ओम प्रकाश यादव मंसिर ७ गते रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा नं ६ माधोपुर गढिमाई मेलाको ठेक्का ७ लाख ५ हजारमा लागेको छ । यहि मंसिर १० गतेदेखी १७ गतेसम्म माधोपुरमा लाग्न गईरहेको गढिमाई मेलाको ठेक्का ७ लाख ५ हजारमा माधोपुरकै हृदयनारायण साह कलवारले सकार गरेको हो । आज दिउँसो माधोपुर गाउँभन्दा पच्छिम तर्फ रहेको गढिमाई मन्दिरको प्रांगनमा डाक बढाबढ प्रक्रियाद्धारा भएको मेलाको ठेक्का कलवारले सकार गरेको हो । मेलाको ठेक्का पटामा चार जना सहभागी भएकोमा एक जनाले ठेक्का लिएका छन । उक्त मेला ठेक्काको माधोपुरका संजय यादव ५ लाख ५२ हजार, शिव शंकर चौधरी ६ लाख ५१ हजार र विशुनपुर्वा मानपुरकका संजिव रायले ६ लाख ७५ हजार रुपैया लगाएको थियो । तर सबैभन्दा बढी रकम हृदयनारायण साह कलवारले दिने भनेपछि उनलाई नै ठेक्का दिईएको मेला समितिले जनाएको छ । ठेक्का पटामा सहभागी हुनेहरुले ३५ /३५ हजार धरौटि बुझाएको मेला समितिका संजिव यादवले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *