
७ मंसिर, काठमाडौं । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाउनु भएको छ।
नेता देउवाले कालापानीका विषयमा सरकारमाथि बारम्बार प्रश्न उठाउँदै आएका छन् । आज कास्की २ को चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भन्नु भयो -“भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो ।”
महाकाली सन्धी गर्दा आफूले कालापानीलाई सीमा बनाए पनि सरकारले नेपाली भूभागको रक्षा गर्न नसकेको देउवाले आरोप लगाउनु भएको छ । उहाले थप्नु भएको छ – ” अघिल्लोपल्ट राष्ट्रवादी नारा लाएर जितेको होइन ? कहाँ छ त्यो राष्ट्रवाद ? ओलीको राष्ट्रवाद आज कालापानी पुगेर घुँडा टेकेको छ । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । यसकारण ओली राष्ट्रवादी नै होइन ।”
ओलीसँग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, यो त्यसै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन भारतले उहाको भनाइ रहेको थियो।
Facebook Comments