Loading...
सरकारलाई धुलो चटाउन यस्तो छ समाजबादीको अर्जुन दृष्टि, सफल भए सरकार नाङ्गिने

सरोज खिलाडी

समाजबादी पार्टीले सरकार नछोड्दा कार्यकर्ता र जनतामा सत्ताको लोभी भन्ने संदेश गएपनि संबिधान संशोधनका लागि बाटो खुलेको हुनाले समाजबादी पार्टीले सरकार नछाडेको हो । सरकारमा जाने बेलामा पनि समाजबादीका अध्यक्ष उपेन्द्र यादवलाइ स्वास्थ्यमन्त्रि बन्न खासै रुचि थिएन । उनको रुचि बरु कानून मन्त्रालय तिरै थियो । उनले एकचोटी नेकपा अध्यक्ष प्रचण्डसंग पनि यहि कुरा गरेको हुनाले अहिले अध्यक्ष यादवलाई कानून मन्त्रि बनाइएको हो । त्यतिमात्र होइन बरु कानुन निर्माणको समय र संविधान संशोधनको कुरा भइरहेकाले कानुन मन्त्रालय दिँदा पनि फरक नपर्ने भनेर अध्यक्ष यादवले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड समक्ष राखेको प्रसंग समेत पदाधिकारी बैठकमा उठेको थियो ।

यस्तो छ समाजबादी पार्टीको भाबी योजना

तत्काल सरकार छोडदा राजपा नेपाल सरकारमा आउँन सक्ने भएको हुनाले प्रदेश २ को सरकारमा समेत नराम्रो असर पर्ने यादवको भनाइ रहेको छ । अब समाजबादी पार्टीले कानुन मन्त्रालयबाट संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लाग्ने सोच बनाएको छ । पदाधिकारी बैठकमा नेताहरुले आफ्नो अनुकुल कानुनहरु बनाउन कानुन मन्त्रालय ठिक भएको निष्कर्ष समेत निकालेका थिए । अध्यक्ष यादवले बैठकमा भन्नु भयो – “कानुन मन्त्रालयबाट संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने , यदि त्यहाँबाट पास हुन दिइएन भने पत्रकार सम्मेलन गरेर सरकारबाट हामि बाहिरिनु पर्छ । कानुन मन्त्रालय भएपछि संविधान संशोधनको मुद्दा उठाउन सजिलो हुने उनको तर्क रहेको थियो । यसो गर्दा समाजबादी पार्टी जे कुराको लागि सरकारमा सहभागी भएको थियो त्यो समेत पूरा हुनेछ । यदि सरकारले संबिधान संशोधनमा सहयोग नगरे एक चोटिको लागि फेरी पनि ओली सरकार मधेशी बिरोधि हो भन्ने म्यासेज मधेशमा जाने निश्चित नै छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *