Loading...
उपेन्द्रको आक्रोस : कास्की जान भ्याएका उपेन्द्र न त सपथ ग्रहण गरे न त मन्त्रालय गए

सरोज “खिलाडी”

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले निर्णय गर्न थालेपछि कतिपय नेता तथा पूर्ब मन्त्रीहरु सहित नवनियुक्त मन्त्रीहरु समेत रुष्ट बनेका छन् । सबैभन्दा पहिला प्रदेश प्रमुख लाइ एकलौटी ढंगले मनोनित गरेपछि राष्ट्र कै तेस्रो ठूलो पार्टी समाजबादी पार्टीका नेता तथा कार्यकर्ताहरु रुष्ट भएका छन् । त्यति मात्र होइन प्रधानमन्त्री ओलीले समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाइ समेत थाहै नदिईकन उनको मन्त्रालय हेरफेर गर्नु भयो । अझ भन्नु पर्दा बार्गेनिङ्ग गरेर सरकारमा गएका समाजबादी पार्टीको सर्त अनुशार संबिधान संशोधन गर्नु त कताकता उल्टै समाजबादी पार्टीका राज्यमन्त्रीलाइ समेत बर्खास्त गरि आफ्ना पार्टीका नेतालाई राज्यमन्त्री बनाउनु भएको छ ।
यस्तो एकलौटि निर्णय गर्न थाले पछि अहिले नियुक्त हुनु भएका कानूनमन्त्रि उपेन्द्र यादव रुष्ट त बन्नु भएकै छ उहाले पनि प्रधानमन्त्री देखि अन्य बहालबाला मन्त्रि लगायतलाइ वास्ता गर्ने छोड्नु भएको छ । यादव दिल्ली मै भएका बेला नवनियुक्त मन्त्रिहरु सपथ ग्रहण गरेर मन्त्रालय सम्हाली सकेका छन् भने कानून मन्त्रि बन्नु भएका यादव अहिले सम्म न त सपथ ग्रहण गर्नु भएको छ न त मन्त्रालय नै जानु भएको छ । उहाले वास्तै नगरी आइतवार कास्कीमा आयोजित कार्यक्रम मा सहाभागी हुनु भयो भने यता कानुन मन्त्रालय अन्तरगतका कर्मचारीहरु फूल लिएर स्वागत गर्न मन्त्रालयको अगाडि लाम बसेका थिए । सत्ता साझेदार भएपछी सरकार हेरफेर वा कुनै किसिमको नया कदम चाल्नु भन्दा अगाडी दुइ तिहाइको दम्भ छाडेर सहमति मा गर्दा नै बेश हुन्थ्यो न कि इच्छा अनुशार जे गरे नि हुने हो भने एकलौटि नेकपा को सराकार मात्र चलाय राम्रो हुन्थ्यो । आज सोमबार यादव सपथ ग्रहण र मन्त्रालय जान्छन वा अन्य पार्टी कै काममा लाग्छन त्यो भने हेर्न बाकि रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *