Loading...
बल्ल गरे महतोले खुलाशा : समाजबादी सहित अन्य सात पार्टीसँग एकताको गृहकार्य हुदै

सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्नु परेको हुनाले समाजवादी पार्टीसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् । मङ्सिर १४ गते सो गाउँपालिका–७ मा अध्यक्ष पदका लागि एक स्थानमा निर्वाचन हुँदैछ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै महतोले शासक वर्गले मधेशी जनताको अधिकार नदिएका कारण मधेशी जनताको समस्या समाधान हुन नसकेको बताउनु भयो । उहाले चेतावनी दिदै भन्नु भयो -” मधेशी जनताको अधिकारका लागि पहिचानवादी आन्दोलन गर्छु । समाजवादी पार्टीसहित विभिन्न सात पार्टीसँग पार्टी एकताको गृहकार्य भइरहेको जानकारी दिँदै राजपा नेपाल तत्काल सरकारमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ । उहाले अन्य सात कुन कुन पार्टी हो खुलाउनु भएन l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *