Loading...
चुनाबी सभामा भाग लिन मुख्यमन्त्री राउत आउदै, कार्यक्रमलाई सफल पार्न पार्टीको निर्देशन

ओम प्रकाश यादव मङसिर ९ गते रौतहट । अहिले देशैभरी चुनावी सरगर्मी बढेको छ । उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनाव प्रचारप्रसारलाई तिव्र बनाएका छन । स्थानीय तहहरुको रिक्त रहेको पदहरुको लागी यहि मङसिर १४ गते हुने देशको ३७ जिल्लामा उपनिर्वाचन हुँदै छ । रौतहटको गढिमाई नगरपालिका वडा नं २ समनपुरको वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो । आफना आफना पार्टीका उम्मेदवारलाई जिताउनको लागि समाजवादी पार्टी देखी लिएर अन्य पार्टी पनि केहि दिनदेखी प्रचार प्रसारलाई तिव्रता दिएको छ । समनपुरको वडा अध्यक्ष पद आफुहरुले जसरी पनि जित्ने समाजवादी पार्टीले दावी गर्दै आएका छन । समाजवादी पार्टीका उम्मेदवार दिनेश दासलाई जिताउन पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराई आएको एकसाता पनि नबित्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत पनि भोली रौतहट आउन लागेका छन । समाजवादी पार्टीका नेता समेत रहेका मुख्यमन्त्री राउत भोली मंगलवारका दिन चुनावी सभालाई सम्बोधन गर्न रौतहट आउन लागेका हुन । समनपुर बजारमा भोली आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नको लागी मुख्यमन्त्री लालबाबु राउत रौतहट आउने कार्यक्रम तय भएको पार्टीका युवा नेता राजकुमार दासले जानकारी दिनुभएको हो । समाजवादी पार्टीको वडा अध्यक्ष पदका उम्मेदवार दासलाई अत्याधिक मतले विजयी बनाउनको लागि मुख्यमन्त्री आउन लागेकोले भोली ठुलो संख्यामा समनपुर बजारमा उपस्थित हुन समाजवादी पार्टी जिल्ला कार्य समिति रौतहटले जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । भोलीको कार्यक्रमलाई सफल र भव्य बनाउनको लागि पार्टीले जिल्लाका सबै नेता कार्यकर्तालाई आग्रह गरेको युवा नेता दासले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *