Loading...
शिवराजमा समाजबादी, राजपा र कांग्रेस बिच कडा टक्कर, यसकारण कांग्रेस जित्न सक्छ

कपिलवस्तु  , शिवराज नगर पालिका १० मा हुन लागेको उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । समाजबादी पार्टीबाट तिर्थबहादुर रायमाझी , राष्ट्रिय जनता पार्टी नेपाल बाट मन्जु मिश्र तथा काङ्ग्रेस बाट देवराज भारती बीचमा कडा प्रतिस्पर्धा हुने भएको छ । यी तीनैजनाको ब्यक्तिगत बलियो जनाधार भएको र तीनवटै पार्टीको पनि संगठन मजबुत भएकोले को मार्नेछ बाजी भन्न् गार्‍हो भएको स्थानीयहरु बताउछन् । सबै उम्मेदवार  स्थानीय लोकप्रिय  भएकाले पार्टीको कार्यकर्ता बाहेक आम मतदाताहरु कसैको पक्ष वा विपक्षमा के प्रतिक्रिया नदिएर साइलेन्ट देखिएका छन् ।

यस कराण कांग्रेस जित्न सक्छ

बिगतको चुनाबको मुल्यांकन गर्ने हो भने जति बेला मधेशमा छ्याप्छ्याप्ती मधेशी संगठन थियो त्यति बेला कांग्रेस र एमाले दुवै पार्टी मधेशी पार्टीहरु संग १ देखि ५ हजार भोटले जित्ने गर्थे । सदभावनाको ८ हजार हुन्थ्यो भने फोरमको ९ हजार र कांग्रेसको १०५०० भएर जित हुन्थ्यो । मधेशी जनताले भोट त १७ हजार दिएका हुन् नि तर फुटको कारण बाजी अरुले मार्थे । यसपालि पनि यहि हुने भएको छ । राजपा र समाजबादी छुट्टा छुट्टै लडेको हुनाले भोट कट्छ र बाजी कांग्रेसले मार्न सक्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *