
हथिऔलमा समाजवादीको घरदैलो कार्यक्रम सम्पन्न । ओम प्रकाश यादव, मंसिर ९ गते, रौतहट । रौतहटको गढिमाई नगरपालिका वडा नं २ समनपुरमा हुने वडा अध्यक्ष पद निर्वाचनका लागि समाजवादी पार्टीले घरदैलो कार्यक्रम गरेको छ । समाजवादी पार्टीबाट उम्मेदवारी दिएका दिनेश दासलाई जिताउनको लागि पार्टीका सांसद रामपृत पास्वानको प्रमुख आतिथ्यमा हथिऔलमा आज घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो गर्दै सांसद पास्वानले समाजवादी पार्टीका उम्मेदवार दासलाई पंजा छापमा अध्याधिक मत दिएर विजयी बनाउन मतदाताहरुलाई आग्रह गरेका छन । प्रदेश २ को विकासका लागि समाजवादी पार्टीको विकल्प नरहेको भन्दै उनले समाजवादी पार्टीलाई जिताउन मतदाताहरुलाई आव्हवान गरेका हुन । घरदैलो कार्यक्रममा समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, युवा नेता राजकुमार दास, चनदेश्वर राय, जौआद आलम, शिवमंगल दास लगाएत हजारौको सहभागिता रहेको नेता कौशरखान मिथिलाले बताएका छन ।
Facebook Comments