Loading...
काँग्रेस–कम्युनिष्ट कोकाकोला र पेप्सीकोला, समाजवादी पार्टी संजिवनी ः डा.भट्टराई

हुम तमु
पोखरा, ९ मंसिर
समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई चुनावी अभियानको क्रममा कास्की क्षेत्र नं. २ को वडा नं. ७, १५ र १७ मा भेटघाट र अन्तरक्रियामा जुट्नुभयो। वडा नं. १५ मा भुपू सैनिक, अगुवा मजदुरहरु, जनशक्ति टोलबासी र युवाहरुसँग भिन्दा भिन्दै भेटघाट र अन्तरक्रिया गर्नुभयो।
कार्यक्रमहरुमा उहाँले जनतालाई पटक पटक धोका दिदै मुलुक बर्बादीमा पुर्याउने काँग्रेस–कम्युनिष्टको कालो अनुहार चिन्न आग्रह गर्नुभयो। विगतका पार्टीहरु र नेताहरुले देशमा लुट मात्रै मच्चाईरहेकाले समृद्ध मुलुक, सबैको आत्म सम्मान हुने सम्मनुत समाज निर्माणका लागि बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गर्न र गराउन सबै जुट्न आग्रह गर्नुभयो।
भुपू सैनिकहरुसँगको भेटघाट कार्यक्रममा काँग्रेस र कम्युनिष्ट भनेका कोकाकोला र पेप्सीकोला जस्तै हुन्, जस्ले स्वास्थ्य खराब गराउदछ भने समाजवादी पार्टी मुलुक र जनताका लागि संजिवनी भएको दावी गर्नुभयो।पटक पटक भोट दिएको पार्टी काँग्रेस–कम्युनिष्टले आफैलाई हानी पुर्याई रहन्छ भने यस निर्वाचनबाट उनीहरुलाई बाई बाई र आम नेपालीलाई पहिचान, अधिकार, साझा, समृद्ध बनाउने निति र योजनाका साथ इच्छाशक्ति र नेतृत्व भएको समाजवादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङलाई रोज्न आग्रह गर्नुभयो। भुपू सैनिकका समस्या समाधान गर्न, भुपू सैनिकका ज्ञान, सीप र अनुभवलाई देश निर्माणमा लगानी गर्न संसदमा भुपूकै प्रतिनिधित्वका लागि ई.धर्मराज गुरुङलाई जिताउन जुटन आग्रह गर्नुभयो। धर्मराज गुरुङ मात्रै नभएर समग्र भुपूहरु नै उम्मेदवार बनेको हामीले महसुस गरेका छौं, हात चिन्हको जित विभेदमा पारिएका वर्ग समुदाय लगायत सबै भुपूहरुको जित हुने उहाँले बताउनुभयो।
शिवशक्ति टोलमा आयोजित कार्यक्रम डा.भट्टराईले गाँस, बास, कपास नागरिकको पहिलो अधिकार भएकाले व्यवस्थित बसोबासका लागि सरकारले तत्काल व्यवस्था गर्नुपर्दछ । चुनावको बेलामा पटक पटक लालपुर्जा वितरणको आश्वासन बाँड्ने र सत्तामा पुगी पछि विर्सनेहरुलाई यस निर्वाचनमा तपाईहरुले पनि बिर्सनुस, सबै अपमानित नबन्न आग्रह गर्नुभयो। हात चिन्ह लिएर तपाईको साथमा आउनु भएको इमान्दार मुलुक निर्माणका लागि विदेशको अनुभव र सिस्टमका लागि कर्मठ उम्मेदवार ई.धर्मराज गुरुङलाई मतदान गर्न आग्रह गर्नुभयो।
युवाहरुसँग भेटघाटको क्रममा डा.भट्टराईल नेपाललाई बेरोजगारी युवाहरु देश होइन, उद्यमशील युवा, सीप र क्षमतासहितका युवा मात्रै नभएर समृद्ध नेपाल निर्माणको अगुवा बनाउने बताउनुभयो। सपना विदेशको देख्ने नभई मुलुक समृद्ध बनाउन र युवाले सत्ता सञ्चालन गर्ने हैसियतमा पुर्याउने योजना रहको उहाँले भनाई थियो।
यसरी नै वडा नं.७ र १७ का अगुवा कार्यकर्ताहरु सँगको भेटघाटमा उहाँले उपनिर्वाचन मात्रै नभएर यसको महत्व अत्यन्तै ठुलो भएकाले कास्की क्षेत्र नं.२ मा समाजवादी पार्टीको जित सुनिश्चित गर्नका लागि अहोरात्र खट्नुपर्ने बताउनुभयो।चुनावी माहौल समाजवादी पार्टीको पक्षमा भएकाले यसलाई संस्थागत गर्न टोल टोलमा मतदाताको साथी बन्नुपर्दछ, कालो धन जनतालाई विषको रुपमा सेवन गराउन भ्रष्टचारीहरुले गर्ने षडयन्त्र रोक्नुपर्ने उहाँको सुझाव थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *