
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डभन्दा आफू सिनियर रहेको दावी गरेका छन् । प्रचण्डलाई समान वरियता दिँदै कार्यकारी अधिकार दिने निर्णय गरेको भनिएपनि ओलीले यस्तो दावी गरेका हुन् । पार्टी अध्यक्ष कार्यकारी नै हुने भन्दै कहिले आफू र कहिले प्रचण्डले बैठकको अध्यक्षता गर्ने पनि बताएका छन् ।
उहाले भन्नु भयो -अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितीय उहाँ (प्रचण्ड) हुनुहुन्छ । विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ । अहिले म बढी सरकारको काममा लागेको छु । पहिले पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा फेरि अस्थिरता हुने देखिएकाले नयाँ समझदारी भएको हो ।’
शनिबार राति कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायर साइड’ लाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले विगतमा सरकारको नेतृत्व आधाआधा गर्ने भएपनि अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी बनेको बताउनु भयो ।
Facebook Comments